Activities


‘नेपालमा महिला विरुद्धका हिंसा र समस्या समाधानमा युवाका भुमिका’ विषयक अन्तर्रिक्रया
काठमाण्डौ 

२०६९ माघ १९ गते रिलेक नेपाल, जागृति बाल तथा युवा सरोकार नेपाल लगायतका युवा संस्थाहरुको संयुक्त आयोजनामा ‘नेपालमा महिला विरुद्धका हिंसा र समस्या समाधानमा युवाका भुमिका’ विषयक अन्र्तित्र्रmया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा महिला हिंसा तथा यसको अवस्थाका बारेमा ईन्सेकका मानवअधिकार अधिकृत सम्झा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा वहाँले महिला विरुद्धको हिंसा, महिला विरुद्धको हिंसा कहाँ कहाँ ?, महिला विरुद्धको हिंसाका कारण, महिला विरुद्ध हिंसा अन्त्यका लागि कानुनी प्रावधान, महिला विरुद्ध हिंसा अन्त्यका लागि विभिन्न सरोकारवाला निकायको भुमिका, महिला विरुद्ध हिंसाका अन्त्यका लागि केहि सुझावहरु, महिला विरुद्ध हिंसाका घटनाहरुको तथ्याङ्क तथा महिला विरुद्धको हिंसा अन्त्यका लागि युवाहरुको भुमिका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । 

राष्टिय मानव विकास मञ्चका अध्यक्ष महम्मद दिन अलिको अध्यक्षतामा सम्पन्न सो अन्तत्र्रिmया कार्यक्रममा युथ कोओर्डिनेसन सेन्टरका रजन कार्कीले स्वागत मन्तव्य तथा रिलेक नेपालका महासचिव संजय कुमार चौधरीले सहभागी तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको संचालन जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले गर्नुभएको थियो । मेगा कलेज बबरमहलमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न कलेजका जम्मा ७५ जना युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बृहत संस्कृतिक कार्यक्रम
कपिलवस्तु
रिलेक नेपाल जिल्ला शाखा कपिलवस्तु, जिल्ला विकास समिति कपिलबस्तु, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान  तथा अन्य संघसंस्थाको आयोजनामा २०६९ चैत २७ गते कपिलबस्तुमा वृहत संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गायक वद्री पंगेनी, चन्द्र शर्मा, दुर्गा रायामाझी लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । वहाँहरुले जनताका हक अधिकार सम्बन्धी गीत गाउनुका साथै मन्तव्य राख्नुभएको रिलेक नेपाल जिल्ला शाखा कपिलवस्तुले जानकारी दिएको छ । कार्यक्रममा रिलेक नेपाल राष्ट्रिय समितीका सचिव थानेश्वर अधिकारी, जिल्ला शाखा अध्यक्ष पुर्णचन्द्र परियारले रिलेक नेपालका गतिविधि, ईतिहास, भावी योजनाका बारेमा उपस्थित झण्डै ३००० दर्शकलाई जानकारी गराएका थिए । 

मानवअधिकार विषयक तालिम सम्पन्न
पाल्पा 
२०६९ चैत्र २८ र २९ गते रिलेक नेपाल पाल्पा जिल्ला शाखाको आयोजनामा रिलेककर्मीहरुका लागि २ दिने आधारभूत मानवअधिकार तालिम पाल्पाको तानसेनमा सम्पन्न्। भयो । रिलेक नेपाल राष्ट्रिय समितिका पुर्व केन्द्रिय सदस्य तथा पाल्पाका इन्सेक प्रतिनिधी माधव बस्याल र रिलेक नेपालका पश्चिमाञ्चल सदस्य बुद्धि ज्ञवालीले सहजीकरण गर्नु भएको सो तालिममा ३५ जना रिलेककर्मीहरुको उपस्थिती रहेको रिलेक पाल्पाकी अध्यक्ष निसानु भट्टराईले बताउनुभएको छ । तालिममा मानवअधिकारको अवधारणा, आधारभूत सिद्धान्त, रिलेककर्मीहरुको भूमिका, अन्तरीम संविधानमा मानवअधिकार लगायतका विषयमा छलफल भएको थियो ।

युवा २ रोजगार। कम विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न
धनकुटा
मिसन रिलेक धनकुटा र हुसाडेक नेपाल धनकुटाको आयोजनामा २०६९ चैत्र २८ गते धनकुटाको अञ्जुली होटलमा न्याय र रोजगारीकालागि कुरा होइन काम गरौ भन्ने नाराका साथ एक दिने युवा २ रोजगार। कम विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रिलेक नेपाल जिल्ला शाखा धनकुटाका सल्लाहाकार सरोज भूजेलले धनकुटामा युवा रोजगार चुनौती र असर विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा रिलेक नेपालका अध्यक्ष भिषा काप्mले, रिलेक नेपाल धनकुटा शाखाका सल्लाहकार तथा हुसाडेक नेपालका सचिव निर्मल चोङ्गवाङ्गले टिप्पणी गर्नुभएको थियो भने सहभागीहरुले युवाहरु आफै स्वरोजगार हुन लाग्नुपर्ने बताएका थिए ।

वर्तमान अवस्थामा युवा अधिकारकर्मीहरुको भूमिका
सुनसरी 
२०६९ चैत्र ३१ गते सुनसरीको इटहरीमा वर्तमान अवस्थामा युवा अधिकारकर्मीहरुको भूमिका विषयक १ दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो  । सिंघिया रिलेक सुनसरीको आयोजनामा सम्पन्न सो कार्यक्रममा सिंघिया रिलेकका अध्यक्ष राजन कार्कीले युवाहरुको हक अधिकारका विषयमा तल्लो तहसम्म रिलेक नेपालले जानकारी दिनुपर्ने बताउनुभयो । सो कार्यक्रममा रिलेक नेपाल राष्ट्रिय समितिका अध्यक्ष भिषा काप्mले, रिलेक पुर्वाञ्चलका संयोजक चुडामणी पुलामी, पुर्वाञ्चल सदस्य भरतमोहन अधिकारी, प्रोत्साहन नेपालकी अध्यक्ष युसा गुरागाई, पत्रकार हिमाल दाहाल लगायतले अहिले मानवअधिकार खस्कदै गएको र त्यसलाई सुधार गर्न युवा मानवअधिकार रक्षकहरुले अधिकार र कर्तव्यका कुराहरुलाई जनस्तर सम्म लिएर जानुपर्ने धारणा राख्नुभएको थियो । 
एक दिने मानवअधिकार रक्षकहरुको अन्र्तकृया कार्यक्रम सम्पन्न
कपिलवस्तु 
रिलेक नेपाल कपिलवस्तु र मानवअधिकार एलायन्स कपिलवस्तुको आयोजनामा एक दिने   मानवअधिकार रक्षकहरुको अन्र्तकृया कार्यक्रम सम्पन्न भयो । २०६९ चैत्र ३१ गते मदन आश्रीत प्रतिष्ठानको हलमा सम्पन्न सो कार्यक्रममा रिलेक नेपालका सचिव थानेश्वर अधिकारी, मानवअधिकार एलायन्सका केन्द्रिय सदस्य पोषनारायण पौडेल, इन्सेक प्रतिनिधी नन्दराम पौडेल र रिलेक नेपालका कोषाध्यक्ष गणेश ओलीले सहजीकरण गर्नुभएको थियो । रिलेक नेपाल जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष पुर्णचन्द्र परियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पत्रकार, बुद्धिजिवी, सर्वसाधरण, अधिकारकर्मी लगायत ६० जनाको उपस्थिती रहेको थियो । 

मानवअधिकार तालिम सम्पन्न
सिन्धुली
रिलेक नेपाल जिल्ला शाखा सिन्धुलीले २०६९ फाल्गुन २० देखी २३ सम्म युवा अधिकारमर्कीहरुलाई दिइएको मानवअधिकार तालिमको मानवअधिकार एलायन्सका केन्द्रिय अध्यक्ष गणेश विकेले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा इन्सेक चितवनका संयोजक मुकुन्द दाहाल, इन्सेक सिन्धुलीका प्रतिनिधी आनन्द दाहाल लगायतले तालिममा सहभागीहरुलाई मानवअधिकारका विविध विषयमा सहजीकरण गर्नुभएको थियो । तालिममा मानवअधिकारका विविध सवालमा सहभागी र प्रशिक्षकहरुवीच अन्तरक्रियासमेत भएको थियो । कार्यक्रममा सहभागी रिलेककर्मीहरुले आगामी दिनमा मानवअधिकारको क्षेत्रमा इन्सेकसँग सहकार्य गरी आपूmहरु अगाडी बढ्ने विचार राखेको रिलेक नेपाल जिल्ला शाखा सिन्धुलीका अध्यक्ष रुद्रबहादुर खड्काले बताउनुभएको छ ।