प्रेस विज्ञप्ती

शान्तिप्रकृयामा युवाको भूमिका विषयक अन्र्तकृया

काठमाडौं 

रिलेक नेपाल राष्ट्रिय समिति, जेसिवाईसियन नेपाल तथा अन्य युवा संस्थाहरुको आयोजनामा चैत २४ गते काठमाण्डौको बबरमहलस्थित नेपाल युवा संस्था संजाल (आयोन) को सभाहलमा एक दिने शान्तिप्रकृयामा युवाको भूमिका विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले सहभागीहरुसँग शान्ति प्रकृया, संक्रमणकालीन न्याय र वर्तमान अवस्थाको बारेमा छलफल चलाउनुभएको थियो । सो कार्यक्रममा रिलेक नेपालका अध्यक्ष भिषा काप्mले, महासचिव संजय कुमार चौधरी, कोषाध्यक्ष गणेश वली र रिलेक नेपालका सल्लाहाकार तिलोत्तम पौडेललगायतले रिलेक नेपाल, यसले गरेका गतिविधिहरु र युवा हक अधिकारका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा ४० जना युवाहरुको सहभागीता रहेको थियो ।

जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम
सुर्खेत
जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सुर्खेत

जिल्लामा मानव बेचविखन तथा ओसारपसारको अवस्था, चुनौती र न्युनिकरणका विषयमा सवै सरोकारवालाहरु प्रतिवद्ध, जिम्वेवार र क्रियासिल हुनुपर्नेमा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले धारणा राखे । भारत संग सिमा जोडिएका जिल्लासंग सुर्खेत जिल्ला जोडिएको र खुल्ला सिमानाको प्रयोग गरी मानव ओसार पसार तथा बेचविखन हुने हुदाँ यो जिल्ला मानव बेचविखनको जोखीममा रहेको र विभिन्न बाहानामा बालवालीका र महिलाहरुलाइ बेचखिनमा परिरहेको विभिन्न तथ्याङ्कले जनाएको छ । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) तथा रिलेक नेपालको आयोजनामा संचालीत मानव बेचविखन नियन्त्रणका लागी सरोकारवालाहरुको भुमीका विषयक जिल्ला स्तरीय अन्तरक्रियामा आ.व २०६३÷६४ देखी आ.व २०६९÷७० का मानवबेचविखनको तथ्याङ्क सार्वजनिक गरिएको थियो । 

जसमा आ.व २०६३÷०६४ मा मानव बेचविखनको १ वटा, आ.व २०६४÷६५ मा २, आ.व २०६५÷६६ मा ३ र मानवबेचविखन उद्योगमा १, आ.व २०६६÷६७ मा १ वटा, आ.व २०६७÷६८ मा २ बेचविखन र १ मानवबेचविखन उद्योग, आ.व २०६८÷६९ मा २ वटा र चालु आ.ब २०६९÷७० मा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका ३ वटा मानव बेचविखनका घटना सार्वजनिक गरियको छ । यस वर्ष २ वटा मानव बेचविखनका प्रयास भएको र प्रहरी कार्यालयमा मानव बेचविखन उद्योगमा दर्ता नभएकोसमेत उक्त कार्यक्रममा जनाइएको छ । 

अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिती तथा जिल्ला प्रशासन कार्यालयका सहयाक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले सरोकारवाला निकायहरु यस विषयमा गम्भीर नभएको बताउदै यस विषयमा गम्भीर हुन समेत आग्रह गर्नुभयो । कार्याक्रममा स्थानिय विकास अधिकारी भोजेन्द्र कुमार क्षेत्री, पत्रकार महासंध सुर्खे तका अध्यक्ष दुर्गा थापा लगाएतका वक्ताहरुले यस विषयमा बोल्नु भएको थियो । कार्यक्रमका सभापती एवं हुरेक नेपालका अध्यक्ष तथा रिलेक नेपाल राष्ट्यि समितिका कोषाध्यक्ष गणेश वलीले यो अभियानमा साथ दिन सवैलाइ अनुरोध गर्दे यो संस्था अभियानमुखी संस्था भएकोले मानवबेचविखन न्युनिकरण गर्न संचालीत यस अभियानमा सरोकारवालाहरु गम्भीर नभएको बताउनु भयो ।

युवाहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
पोखरा


 २०६९ साल फाल्गुण १८ गते रिलेक नेपाल जिल्ला शाखा कास्कीे र जेसीवाइसीएन्लगायतका संस्थाहरुको आयोजनामा रिलेककर्मी युवाहरुको क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी १३६ जना रिलेककर्मीहरुलाई मानवअधिकार, युवा अधिकार र युवा नीति, जलवायू परिवर्तनको मानव स्वास्थ्यमा असरलगायतका विषयमा रिलेक नेपालका सल्लाहकार तिलोत्तम पौडेल, रिलेक नेपालका उपाध्यक्ष सन्तोष अधिकारी, इन्सेकका साधारण सदस्य तथा बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, कन्सर्न युनिभर्सलका प्रतिनिधिहरुले सहजीकरण गरेका थिए । 



रिलेक नेपालको छैठौँ राष्ट्रिय सम्मेलन सम्पन्न
चितवन 

रिलेक नेपालको राष्ट्रिय अध्यक्षमा भिषा काफ्ले चयन हुनु भएको छ । मानवअधिकार शिक्षा क्लव रिलेक नेपालको राष्ट्रिय समितीको बुधबार भरतपुरमा सम्पन्न छैटो राष्ट्रिय सम्मेलनले भिषा काफ्लेलाई अध्यक्षमा चयन गरेको हो । रिलेकको उपाध्यक्षमा सन्तोष अधिकारी, महासचिवमा संजय चौधरी, सचिवमा थानेश्वर अधिकारी र कोषाध्यक्षमा गणेश वली निर्वाचित हुनुभएको छ । 

यसै गरी केन्द्रिय सदस्यहरुमा क्रमश गणेशसिं ऐरी, प्रतिभा गैरे, एलिया मुर्मु, वुद्धि प्रसाद ज्ञवाली, पुर्ण चन्द्र सिग्देल, रविन्द्र अधिकारी निर्वाचीत हुनुभएको छ । यसैगरी पुर्वाञ्चल विकास क्षेत्रीय संयोजकमा चुडामणी पुलामी, मध्यमाञ्चल क्षेत्रीय संयोजकमा रामपुकार राउत, पश्चिमाञ्चल विकास क्षेत्रीय संयोजकमा हुमराज वस्याल, मध्यपश्मिाञ्चल विकास क्षेत्रीय संयोजकमा नवराज बोहोरा निर्वाचीत हुनुभएको छ । साथै सुदुर पश्चिमाञ्चल विकास क्षेत्रीय संयोजक पछि मनोनीत गर्ने गरी कार्य समितिको चयन भएको छ ।साथै सम्मेलनवाट विभिन्न प्रस्तावहरु पारित गरी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।